२ नं. वडाका वडाबासीबीच भक्तपुर महोत्सवबारे छलफल

(२०८१ मंरिर ४) भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा भक्तपुर महोत्सव २०८१ बारे छलफल तथा भेला कार्यक्रम सम्पन्न । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउने नपाको उद्देश्यलाई साकार तुल्याउन भक्तपुर महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले देश विदेशका पर्यटकहरुले भक्तपुरको कला,… Continue reading २ नं. वडाका वडाबासीबीच भक्तपुर महोत्सवबारे छलफल

भक्तपुर महोत्सव प्रचारार्थ पर्यटन व्यवसायी भेला सम्पन्न

भक्तपुर । २०८१ मंसिर ५ २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सवको प्रचारार्थ आज भक्तपुरका पर्यटन व्यवसायीहरूको भेला सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको आर्थिक विकासमा पर्यटन व्यवसायीहरुको भूमिका उल्लेखनीय भएको बताउँदै भक्तपुर महोत्सव २०८१ सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले… Continue reading भक्तपुर महोत्सव प्रचारार्थ पर्यटन व्यवसायी भेला सम्पन्न

आन्तरिक पर्यटक तान्ने भक्तपुर नगरपालिकाको नीति : २५ वर्षपछि ‘भक्तपुर महोत्सव’

भक्तपुर, २८ कार्तिक २०८१ भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाले २०७६ साल चैत ४ देखि ८ गते सम्म गर्ने भनिएको भक्तपुर महोत्सव तत्कालीन कोभिड-१९ महामारीको कारण स्थगित भएको थियो । २०५४ साल कात्तिक ६ देखि १० सम्म पहिलोपटक भक्तपुर महोत्सव गरेको नगरपालिकाले त्यसयता महोत्सव गर्न सकेको थिएन । बुधवार पत्रकार सम्मेलनमार्फत… Continue reading आन्तरिक पर्यटक तान्ने भक्तपुर नगरपालिकाको नीति : २५ वर्षपछि ‘भक्तपुर महोत्सव’

महोत्सवमा देखिनेछ ‘साँच्चिकै भक्तपुर’

भक्तपुर भन्नेबित्तिकै धेरैलाई लाग्छ– मल्लकालीन पचपन्न झ्याले दरबार, पाँचतले मन्दिर। शिद्धपोखरी अनि मूल ढोकामै रहेको दरबार क्षेत्र। तर भक्तपुर यतिमा मात्र सीमित छैन। कला, संस्कृति र सभ्यताले जीवन्त सहर प्रत्येक दिन भक्तपुरवासीलाई समेत नौलो लाग्छ। हरेक पन्ध्र दिन र महिना दिनमा आउने यहाँको सांस्कृतिक पर्व, दाफाभजन, परम्परागत नाचगान र परम्परागत सिप–मृत्तिकाकला, वास्तुकला, हस्तकला आदिका कारण… Continue reading महोत्सवमा देखिनेछ ‘साँच्चिकै भक्तपुर’

पाँच दिने भक्तपुर महोत्सव हुने

भक्तपुर । २०८१ असोज १० भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव… Continue reading पाँच दिने भक्तपुर महोत्सव हुने

भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न

भक्तपुर, २०८१ कार्तिक ८, बिहीबार भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार बस्यो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव हो” भन्नुभयो । उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५… Continue reading भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न

भक्तपुर महोत्सव तयारीस्वरुप अग्रज संस्कृतिकर्मीहरुको भेला

२०८१ कार्तिक ९ भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने पाँचदिने भक्तपुर महोत्सवको तयारीस्वरुप आज भक्तपुरका अग्रज संस्कृतिकर्मीहरुको भेला कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सवको तयारीस्वरुप विभिन्न सरोकारवालाहरुसँग राय–सुझाव संकलनलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले भक्तपुरको मूर्त र अमूर्त कलालाई विश्वसामु प्रदर्शन गर्ने अवसरको… Continue reading भक्तपुर महोत्सव तयारीस्वरुप अग्रज संस्कृतिकर्मीहरुको भेला

भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने

भक्तपुर, २०८१ कार्तिक २७, मंगलबार भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक प्रतियोगिताअन्तर्गत भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने निर्णय गरेको छ । भक्तपुर महोत्सव निर्देशक समितिका संयोजक एवं प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ निर्देशक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । महोत्सवकै अवसरमा बा“सुरी बाजा प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. ५०… Continue reading भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने

भक्तपुर महोत्सवको प्रचारार्थ निबन्ध प्रतियोगिता सम्पन्न

भक्तपुर । २०८१ कार्तिक ३० भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव आयोजनाको उद्देश्यबारे प्रष्ट पार्दै महोत्सव आयोजनाले भक्तपुरको भक्तपुरको कला, संस्कृति, सांस्कृतिक सम्पदा, मौलिक उत्पादन तथा जीवनशैली विश्वव्यापी रुपमा प्रचारप्रसार गर्न टेवा पु¥याउने बताउनुभयो । भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ भक्तपुर नगरव्यापी विद्यालयस्तरीय माध्यमिक तह (कक्षा ९—१२) का विद्यार्थीबीच भक्तपुरको ‘कला, संस्कृति र सम्पदा’… Continue reading भक्तपुर महोत्सवको प्रचारार्थ निबन्ध प्रतियोगिता सम्पन्न