Wandim Rajkul वान्दिम राजकूल (वाने लायकु)

Tachapal, Bhaktapur तचपाल, भक्तपुर

Historical Significance ऐतिहासिक महत्व

One of the oldest heritages of Tachapal Area in Bhaktapur is Wandim Rajkul of Wane Layaku. Wane Layaku had a significant place while there used to be other Layakus like Tripur Rajkul, Thathu, Kuthu and Dathu Laykus. This Rajjkul was the main Rajkul before Lichchhabi king Anand Dev founded Tripur Rajkul.

भक्तपुर तचपाल क्षेत्रको सबैभन्दा प्राचीन सम्पदामा वान्दिम राजकुल अर्थात वाने लायकु पनि एक हो । एकताका भक्तपुर नगरको राजकुल यस स्थानमा रहेको कारण पछि त्रिपुर राजकुल तथा थथु, कुथु दथु लायकुहरु समेतको अस्तित्व हुंदा वान्दिम राजकुल अर्थात वाने लायकु त्यतिक्कै महत्व साथ रहेको बुझिन्छ । यस अर्थमा लिच्छवी राजा आनन्द देवले त्रिपुर राजकुल बनाउनु पूर्व यही राजकुल प्रमुख राजकुल थियो भन्ने ज्ञात हुन्छ । राजकुल संगै तत्कालिन राजाहरुले आफ्नो इष्टदेवी आगम घरमा स्थापना गरेको र यही आगमघरमा यद्यपि मोहनी पूर्व संचालन हुंदै आएको छ । मोहनी ताका यहा“ राजभण्डारी कुलकी कुमारी राख्ने परम्परा पनि छ । यहां स्थापित इष्टदेवीलाई नवदुर्गा भवानीले समेत भक्तिभावका साथ सम्मान गर्ने परम्परा यस वाने लायकुको महत्व झल्केको छ ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

Founded स्थापित 13th Century १३ औं शताब्दी
QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Tachapal, Bhaktapur तचपाल, भक्तपुर
  • Agam House, Palace आगम घर तथा दरवार

Share This Site यो स्थल साझा गर्नुहोस्