Gosai Kunda (Silu) was a popular pilgrimage even in Malla Period. But, majority of the population could not go there. So, this Mahadev was set up in Bhaktapur Durbar Area as Silu Mahadev Temple. The temple which stands on five parapets was founded by King Jitamitra Malla. This temple looks long in its Shikhar Style, so people call it Taha (long) temple. According to popular myth, when the three Kings of Bhaktapur, Lalitpur and Kantipur went for a pilgrimage to Gosai Kunda, the King of Bhaktapur was the first to come back to his state from the lake. It was believed that the Kings offered images og bulls made of gold, ….and stone to the God. After the destruction of 1990 BS, the temple was reconstructed shorter and was painted white. And from then it has been called Phasi (pumpkin) Dega, as it looked like pumpkin. It was destroyed by the April 2015 earthquake. Bhaktapur Municipality is reconstructing it to its original architecture.
मल्ल कायमै वर्तमान रसुवा जिल्लाको गोसाई कुण्ड एक प्रसिद्ध तीर्थ रहेको समयमा गोसाईकुण्ड सम्म जान नसक्ने भक्तजनहरु यही नै दर्शन गर्ने साधनको रुपमा भक्तपुुर दरवार क्षेत्रमा यो महादेव स्थापना गरिएको छ । पाँच विशाल पेटी माथि स्थापित यो महादेव मन्दिरको निर्माण जितामित्र मल्लले गर्न लगाएको थियो । मन्दिर शिखर शैलीको भई लामो परेको हुनाले यहां ताहा देगले चिनिन्छ । कहावत अनुसार कान्तिपुर, ललितपुर, भक्तपुरका तीन जना राजा गोसाई कुण्डमा महादेवको दर्शन गरी क्रमशः सुनको, तामाको र ढुंगाको साँढे चढाइ कुण्डमा डुबुंल्की मार्दा भक्तपुरका राजाले चढाएको ढुङ्गाको साँढे सबैभन्दा छिटो यही स्थानबाट भक्तपुर पुगेको मानिन्छ । वि.सं. १९९० साल अगाडि सम्म चारै तर्फ बुर्जा सहितको मन्दिर पुनः निर्माण गर्दा सेतो पोती होचो उचाईमा बन्न पुग्यो । जुन हेर्दा फर्सी जस्तो आकार भएपछि यहा“का स्थानीय बासिन्दा बीच फसी देगले चिन्निन पुग्यो । २०७२ बैशाख १२ गतेको भूकम्पमा परी ढलेको यो मन्दिर १९९० भन्दा अगाडि कै शैलीमा पुनःनिर्माण हु“दैछ ।