Chowk (a Courtyard), a Newar architecture, is a square shaped enclosure surrounded by an entrance at each of the four sides. One of such chowks on the southern side of which lies the holy abode of Goddess Taleju Bhawani is Mool Chowk. There used to be altogether 99 various chowks around this area and since the Goddess resides here, it is called the main chowk. The artistic significance of this chowk lies on the excellent wood arts, metal arts and wall paintings available. Within the chowk, there is north faced Agham Ghar (a formal residence) of Taleju Bhawani, this house of the Goddess is two storied and it is decorated with golden roof containing eleven golden pinnacles. The opposite south faced house on the ground floor consists of wall paintings that are almost erased now. The window made of Shree Khanda, and the eleven copper scripture, which depicts the political, religious and cultural aspects of Nepal, are very important. The Torans that are carved with excellence over the main entrance of the chowk were offered by King Jita Mitra Malla on his birthday in NS 803. Likewise, on the west part of this Mool Chowk, there is a grand chowk called Kumari Chowk, which again contains eleven attractive golden pinnacles. On the eastern part of this Mool Chowk lies Bhairav Chowk. Many marks of bullet shots of the invasion of Gorkha army in BS 1826 can still be spotted around the chowk.
नेवार बास्तुकलामा चारै तीर द्धार वा सम्पदाले घेरिएको खुल्ला स्थानलाई चोक भनिने सन्दर्भमा भक्तपुर दरवार क्षेत्रमा रहेको श्री तलेजु भवानी विराजमान हुनु भएको चोक मूल चोकले चिनिन्छ । तलेजु भवानी रहेको यो स्थानमा विगतमा ९९ विभिन्न चोकहरु रहेको र त्यसमा श्री तलेजु भवानी बिराजमान भएकै कारण यो चोक मूलचोकले प्रख्यात भएको हो । उत्कृष्ट काष्ठकला एवम् धातुकला र चित्रकला(भित्तेचित्र) आदिले यो चोक अत्यन्त महत्वपूर्ण छ । यहाँ उत्तराभिमुख दुईतल्ले भवन सुनको छाना एवम् ११ वटा सुनको गजुरले सुशोभित छ , त्यही भवन श्री तलेजु भवानीको मूल आगम घर हुन् । सुनको कलात्मक तोरण एवम् गंगा जमूनाको पुर्णकदको मुर्ति तथा स्वर्णपत्र यस आगमघरको मुख्य सम्पदा हो । समुखको दक्षिणाभिमुख भवनको तल्लो तहको पाटी दलान भित्र भित्तेचित्र नष्ट प्राय भैसकेको छ । यसै खण्डको श्रीखण्डको झ्याल तथा नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक अवस्था झल्काउने ११ वटा ताम्रपत्र अति महत्वपूर्ण छ । यो मूल चोक प्रवेश गर्ने पुर्वाभिमुखद्धार माथि स्थापित काष्ठकलाको अनुपम तोरण तथा अन्य कलाकृति राजा जितामित्र मल्लले आफ्नो जन्मदिनको अवसरमा ने.सं. ८०३ मा बनाएको किर्ति हो । त्यस्तै मूलचोकको पश्चिम तर्फको खण्डमा सुनको ११ वटा गजुर सहितको अति भव्य कुमारी चोक छ भने दक्षिण पुर्वी खण्डमा भैरव चोक छ । वि.सं. १८२६ मा गोरखाली सेनाले छाना माथिबाट आक्रमण गर्दाको गोलीका खोका ठाउँ ठाउँमा अझै पनि देख्न सकिन्छ ।