On the way from Kamalbinayak to Nawadurga God's residence (Dywo Chhen), there is a pond known as Lamuga Pond. It was bigger in size once but nowadays it is cut down smaller. There is a story that it was made by the knee of the Ravana, mythical character of Ramayan epic. So it is also called Ravana Pokhari. Sichu Falcha is located at the northwestern part of the pond.
हालको कमलबिनायकबाट नवदुर्गा द्योछें जाने बाटोमा पर्ने यो पोखरी भक्तपुर नगरभित्र प्रवेश गर्ने मार्गमा अवस्थित पोखरीमध्ये एउटा हो । विगतमा ठुलै आकारको यो पोखरीको हालको आकार भने सानो छ । किवंदन्तीअनुसार रावणको घुँडाबाट बनेको पोखरी भएकोले यो पोखरीको नाम नै रावण पोखरी थियो । हाल भने यो पोखरी लामगः पुखु नामले नै चर्चित छ । यो पोखरीको उत्तरपश्चिम कुनामा सिचु फल्चा अवस्थित छ ।