Kala Daha कालदह

Northern side of Na Pukhu, Bhaktapur Industrial Area, Bhaktapur भक्तपुरको नः पुखुको उत्तरतर्फ, हाल भक्तपुर औद्योगिक क्षेत्रभित्र

Historical Significance ऐतिहासिक महत्व

Kaladaha is square in shape and is located at the northern side of the Na Pukhu, one of the well known ponds of Bhaktapur. Water in Kaladaha always appears black in color. It might be a reason behind its name because Kala literally means Black as well. The word 'Daha' must have been used instead of 'Pokhari' for its smaller size. Daha literally means smaller pond.
Local people believe that visiting this daha equates to travelling to the renowned holy place Gosaikunda (Silu tirtha) locates at Rasuwa District. Every year in Janai Purnima, mela is marked at Kaladaha. Length and Breadth of this daha is 17 fts. It locates within the Bhaktapur Industrial Area these days.

भक्तपुरको प्रख्यात नः पुखुको उत्तर तर्फ अवस्थित वर्गाकार सानो पोखरी कालदह हो । यो पोखरीको पानीको रङ कालो देखिने भएकोले यसलाई कालदह नामाकरण गरिएको हुन सक्ने भनाइ छ । आकारले सानो भएकोले पनि यसलाई दह भनिएको हुनुपर्छ । यो पोखरीमा पुगे पछि रसुवा जिल्लामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईकुण्ड (सिलु) पुगे सरह हुने स्थानीय जनविश्वास छ । कालदहमा जनै पूर्णिमाको दिन मेला लाग्ने गर्छ । यो दहको लम्बाइ र चौडाइ दुवै १७ फिट छ । हाल यो दह भक्तपुर औद्योगिक क्षेत्रभित्र पर्दछ ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Northern side of Na Pukhu, Bhaktapur Industrial Area, Bhaktapur भक्तपुरको नः पुखुको उत्तरतर्फ, हाल भक्तपुर औद्योगिक क्षेत्रभित्र
  • Pond पोखरी

Share This Site यो स्थल साझा गर्नुहोस्