As the main entrance of the 99 various chowks, Golden Gate lies in the middle of Bhaktapur Durbar Square. The Gate faces south and is world famous for its excellent metal art. The Golden scripture placed on both sides of the gate gives the dated of its founding as NS 872. The story that the people of Bhaktapur had to wait for almost 105 years before it was truly founded was very interesting. The dream of a golden gate had already kept by King Naresh Mall in NS 767 and for that three Newa Shakyas Ratikar, Bhakar and Karunakar were assigned, but they could prepare only a model of the gate. Although they were offered permanent residence at Khauma Baha near the Palace, the project failed because the Kings of Bhaktapur could not provide the gold required. During King Ranajit Malla’s rule, the profit gained from the business with Tibet via Kerung and Kuti, allowed the King to import gold and this gate successfully made. During Malla period, there used to be competitions among the kings of the valley in every sector. But, it is remarkable that only in Bhaktapur there is a golden gate through which common people can get through.
भक्तपुर लायकुमा श्री तलेजु भवानी तथा अन्य विभिन्न ९९ चोक प्रवेश गर्ने मूलढोकाको रुपमा दरवार क्षेत्रको मध्यभागमा दक्षिणभिमुख स्थापित सुनको ढोका कलाकारिता एवम् वैभवताको लागि संसारको प्रसिद्ध किर्ती हो । जुन ने.सं. ८७२ मा तत्कालिन भक्तपुरका राजा रणजीत मल्लको समयमा स्थापना गरेको ढोकाको दायाँबायाँ राखिएको स्वर्णपत्रको अभिलेखबाट पुष्टि हुन्छ । तर भक्तपुर राज्यले यो सुनको ढोकाको लागि १०५ वर्षसम्म कुर्नुपरेको इतिहास त्यतिक्कै रोचक छ । सुनको ढोकाको परिकल्पना ने.सं. ७६७ मा तत्कालिन राजा नरेश मल्ले नै गरेको र त्यसको लागि पाटनबाट रतिकर, शुभाकर, करुणाकर नामका तीन जना निवा शाक्यहरुलाई भक्तपुर बोलाई सुनको ढोकाको प्रतिमुर्ति मात्र बनाउन लगाएन, उनीहरुलाई स्थायी बासको लागि दरवार नजिकको खौमा बहा समेत उपलब्ध गराएको थियो । तर त्यसको लागि आवश्यक सुन भक्तपुरका राजाहरुले उपलब्ध गराउन नसक्दा यत्रो लामो समय कुर्नुपर्यो । राजा रणजीत मल्लको समयमा कुति र केरुङ्गको बाटो गरि भक्तपुरको तिब्बत सित राम्रो व्यापार चलि भएको फाइदाबाट ने.स. ८७२ मा यो ढोका तयार भयो । मल्लकालमा उपत्यकाका तीन राज्यहरु विच हरेक क्षेत्रमा प्रतिस्पर्धा भएतापनि मानिस नै आवतजावत गर्न मिल्ने एकमात्र सुनको ढोका भक्तपुर राज्यमा मात्र छ ।