Evidences show that Dumaju chowk was the oldest chowk in Taleju Premises. It lies in the north-west direction of Mool Chowk. As mentioned in Gopal Royal Lineage, it was evident that Goddess Dumaju was set up by King Nanya Dev in 221 as Doyanimam where the rivals were allowed to reside. The Lineage shows that the later king also considered Dumaju Devi as their Goddess of Friendship (Ista Devi). It is reported in history that King Yakshya Malla’s son in law and daughter offered jewels to Dumaju Devi. Every year on the First day of the first month of Bikram year, a festival of Dumaju Devi is observed.
भक्तपुर तलेजु भित्रका चोकहरुमा हालसम्मको प्राप्त प्रमाण अनुसार सवैभन्दा पुरानो चोक दुमाजु चोक हो, जुन मूलचोक भन्दा उत्तर पश्चिम दिशामा रहेको छ । तलेजू भवानीभन्दा अगावै भक्तपुरमा दुमाजु देवी स्थापित भैसकेको प्रमाण नान्यदेवले ने.सं. २३१ मै डोयनिमाम(दुमाजु) कहा आफ्ना विरोधीहरुलाई बलि दिन लगाएको गोपालराज बंशावलीमा उल्लेख छ । दुमाजु देवीलाई पछिल्ला मल्ल राजाहरुले समेत इष्टदेवीको रुपमा पुजा गरेको बंशावलीमा उल्लेख छ । यक्ष मल्लकी छोरी तथा ज्वाइँले यस देवीलाई गहना चढाएको इतिहासमा उल्लेख छ । प्रत्येक वर्ष बैशाख सक्रान्तीको दिन दुमाजु देवीको जात्रा हुन्छ । चोकको मध्य भागमा रहेको पोखरीको पानीले रुन्चे लागेको निको हुन्छ भन्ने मान्यता छ ।