King Ratna Malla, the second son of King Yakshya Malla, who founded a separate state in Kantipur after his father’s death, wanted to claim his right in Bhaktapur. To retain his share here, he got Jeev Chandra Bajracharya, the son of famous Tantrik Gubhaju Surat Bajracharya. This shrine was initially named as Surat Shree Chaturbramha Mahavihar. It is now well known as Chaturbramha Mahavihar. Architecturally fine structure of three storeyed Chowk style building with slanting terracotta roofs, the shrine includes a pair of stone images of lions at the entrance, wooden images of Ganga Jamuna and Bhairav, stone mandap and stupa, the idol of Lokeshwor, artistic wooden windows, and artistic doors with five meditating Buddhas and the images of Bhairav and Kali on the torans and tudals of the huge structure are some of its significant artistic monuments.
राजा यक्ष मल्लको मृत्युपछि राजधानीमा यक्ष मल्ल राजाको हैसियतले शासन गरिरहंदा उनका माहिलो भाई रत्न मल्ल कान्तिपुरमा अलग्ग राज्य कायम गर्न तल्लीन रहेको अवस्थामा त्रिपुर(भक्तपुर) मा आफ्नो पनि हक भएको देखाउन रत्न मल्ले कान्तिपुरको असन बहालका प्रसिद्ध तान्त्रिक गुभाजु सुरत बज्राचार्यका छोरा जीवचन्द्र बज्राचार्यले भक्तपुर लायकु नजिक एउटा बहाल बनाउने मौका पायो । यसको शुरुको नाम सुरत श्री चर्तुबम्ह महाविचार थियो । पछि चर्तुब्मरम्ह महाविहारले प्रसिद्ध भयो । त्यस बहालमा दशैंमा कुमारी रहने बन्दोबस्तोले यसको प्रत्यक्ष सम्बन्ध तलेजु भवानीसंग पनि रहेको देखाउँछ । चोक शैलीमा तीन तल्ले झिंगटीको छाना भएको विशाल विहार, प्रवेश द्वारका एक जोडा सिंहका मूर्ति, त्यससंगैको काठको गंगा, जमुना र भैरबका मूर्तिहरु, स्तुपा र शिलाको मण्डप, गर्भग्रहको लोकेश्वरको मूर्ति, कलात्मक मल्लकालीन आँखीझ्यालहरु, तोरणसहितको कलात्मक ढोकाहरु, शक्ति सहितको पंचध्यानी बुद्ध, भैरब र कालीको मूर्ति कुँदिएका कलात्मक टुँडालहरु तथा तोरणहरु यहांको महत्वपूर्ण सम्पदाहरु हुन् ।