This chowk is located in the middle part of Bhaktapur Durbar Area surrounded by Chaukot, Bhandarkhal, and Basantapur Palace. Built by Jarjajyoti Malla in NS 751, this chowk consists of a pond decorated with varios deities, palace sattal (shed) and water spout. Culturally, many activities used to take place in the chowk and this chowk lies on the way to Basantapur Palace. Therefore it maintained a remarkable cultural significance during Malla rule.
ऐतिहासिकः भक्तपुर तलेजु परिसरमा रहेका विभिन्न चोकहरुमध्ये भण्डारखाल चोक पनि महत्वपूर्ण चोक हो । भक्तपुर दरबार क्षेत्रको मध्य भागमा रहेको लायकु अन्र्तगत चौकोट, भण्डारखाल तथा वसन्तपुर दरबारले घेरिएर मध्य भागमा रहेको चोक हो । यस चोकको निर्माण ने.स. ७५१ मा राजा जर्गज्योर्ति मल्लले विभिन्न देवदेवी सहितको पोखरी, दरबार सत्तल पाटी आदिको साथमा निर्माण गरेको हो । मल्लकालमा राजपरिवारको विभिन्न सांस्कृतिक विधि विधान हुने यो चोक भएर तलेजु मूलचोक देखि वसन्तपुर दरबारसम्म पुग्न सकिने भएर सामरिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।