One of the most significant heritages, this palace was built in Bhaktapur Durbar Square in 828 NS. This palace consists of fifty five artistically carved windows and thus it takes its own name after those fifty five windows. The inner walls of the second floor of the palace are painted with the face images of the King himself and Queen Vishwo Laxmi. Because of these paintings, which include images that reflect religious, cultural, social and royal life styles, this palace is considered as an extra ordinary gift. For the same reason, E. A. Powel, a famous British Scholar calls this painting to be half the world. The Palace adds up to its significance with the 84 various expressions of music that are carved on every separate wood carving on the first floor. This is the only place with single corridor constructed in Malla architecture that consists of a toilet. This palace was used as a guest reception venue rather that personal purposes. First renovated after the 1990 BS quake, it was renovated in 2056 BS for the second time.
ऐतिहासिकता: तत्कालीन भक्तपुरका मल्ल शासक राजा भूपतिन्द्र मल्लले भक्तपुर लायकुमा ने.संं. ८२८ तिर बनाउन लगाउन लगाएको एक महत्वपूर्ण दरवार हो । यसमा रहेको ५५ वटा काष्ठकलाले भरिएको झ्यालहरुको कारण दरबारको नामाकरण नै ५५ झ्याले दरबार रहन गएको मानिन्छ । दरबारको दोश्रो तल्लाको भित्री गारोहरुमा विश्वरुप जसमा स्वयं भूपतिन्द्र मल्ल एवं उनकी रानी विश्वलक्ष्मीको मुखाकृतिलगायत अन्य धार्मिक सांस्कृतिक, सामाजिक तथा दरवारी जीवन शैली झल्काउने भित्तेचित्रहरुको कारण यो दरबार विश्वकै लागि अनुपम उपहार मानेर प्रसिद्ध विद्वान इ.ए. पावेलले यो दरबारको तुलना आधा विश्वसंग गरेको छ । त्यस्तै दरबारको पहिलो तल्लामा हरेक स–साना सिङख्वाको बिचमा कुँदिएको संगीतका ८४ मुद्राहरुको कारण दरबारको महत्व अरु बढेको छ । एकनाले अंगे्रजी अक्षर एल आकारको यो दरबारको संरचना एवं अहिलेसम्म भेटिएको मल्लकालीन वास्तुमा शौचालय सहितको पहिलो संरचना पनि ५५ झ्याल दरबार हो । तत्कालीन समयमा निजी आवास भन्दा पनि पाहुना सत्कारको लागि यो दरबारको उपयोग भएको पाइन्छ । वि.सं. १९९० सालको भूकम्पपछि जीर्णोद्धार भएको यो दरबार पछिल्लो पटक २०५६ सालमा भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त पहलमा मौलिक शैलीमा जीर्णोद्धार भएको छ ।