२ नं. वडाका वडाबासीबीच भक्तपुर महोत्सवबारे छलफल

२ नं. वडाका वडाबासीबीच भक्तपुर महोत्सवबारे छलफल
(२०८१ मंरिर ४)
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा भक्तपुर महोत्सव २०८१ बारे छलफल तथा भेला कार्यक्रम सम्पन्न ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउने नपाको उद्देश्यलाई साकार तुल्याउन भक्तपुर महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले देश विदेशका पर्यटकहरुले भक्तपुरको कला, संस्कृति, जीवनशैली, पेशा व्यवसाय, खाना, भेषभूष आदिलाई नजिकबाट नियाल्ने अवसर महोत्सवमा मिल्ने बताउँदै यहाँका मूर्त र अमूर्त सम्पदाहरुले भक्तपुरलाई जीवित संग्रहालय बनाएको प्रष्ट पार्नुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनले नगरको दिगो विकासमा समेत टेवा पुर्याउने बताउँदै उहाँले दिगो पर्यटन विकासको अवधारणालाई भक्तपुरले व्यवहारिक रुपमा लागू गर्न अग्रसर रहेको बताउनुभयो ।
भक्तपुर नपाले देशमै अनुकरणीय काम गरेको प्रसंग जोड्दै उहाँले भक्तपुरलाई आत्मनिर्भर नगरको रुपमा विकास गर्ने लक्ष्यअनुरुप भक्तपुर नपाले काम गरेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले समाजवादउन्मुख गतिविधि सञ्चालन गरी नगरबासी जनतालाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सस्तोमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउँदै भक्तपुर महोत्सव भक्तपुरका शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधि आन्तरिक र बाह्य पर्यटकमाझ प्रदर्शन गर्ने उपयुक्त थलो हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले महोत्सव आयोजनाले लोप भइसकेका र लोप हुन लागेका कला संस्कृतिहरु पुनर्जीवित हुने बताउँदै यसले भक्तपुरको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको विशेषता, आकर्षण क्षेत्रबारे प्रस्तुतीकरण दिनुभएको थियो भने वडा नं. २ का वडा सदस्य मन्जुमैंया लाखाले पनि बोल्नुभएको थियो ।
May be an image of 4 people, dais and text
Similar post

भक्तपुरको भ्याइ नभ्याइ -नागरिक दैनिक

म जन्मेको–हुर्केको, हाँसेको–खेलेको मेरो भक्तपुर। पाँच दशकभन्दा बढी जीवन व्यतीत गरेको यो सहर। बाँकी जीवन पनि यहीं बिताउनुपर्ने मेरो...

चाँगुपत्र सम्पादकीय : भक्तपुर महोत्सव ,किंवदन्तीहरू सत्यमा परिणत हुनेछन्

भक्तपुरमा यो वर्ष भक्तपुर महोत्सव र मध्यपुर महोत्सव हुँदैछ । त्यसको तयारी पालिकाहरूले गर्न थालेका छन् । भक्तपुर नगरपालिकाले...

जीवन्त नगरीमा भक्तपुर महाेत्सव

भक्तपुर । नेपालकै सानो जिल्ला भक्तपुर, भक्तपुरका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिका राजधानी काठमाडौंबाट १३ कि.मी. पूर्वमा...