भक्तपुर महोत्सव प्रचारार्थ पर्यटन व्यवसायी भेला सम्पन्न

भक्तपुर महोत्सव प्रचारार्थ पर्यटन व्यवसायी भेला सम्पन्न
भक्तपुर । २०८१ मंसिर ५
२०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सवको प्रचारार्थ आज भक्तपुरका पर्यटन व्यवसायीहरूको भेला सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको आर्थिक विकासमा पर्यटन व्यवसायीहरुको भूमिका उल्लेखनीय भएको बताउँदै भक्तपुर महोत्सव २०८१ सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले पर्यटकीय गन्तव्यस्थल र साँस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुरका कला—संस्कृति र सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गर्दै देश र विदेशका पर्यटकमाझ प्रदर्शन गर्ने अवसरको रुपमा भक्तपुर महोत्सव आयोजना भएको बताउनुभयो ।
विदेशी पर्यटकहरु नेपाली परिवेशमा रमाउन र यहाँका मौलिक संस्कृतिहरु अवलोकन गर्न नेपाल भ्रमणमा आउने गरेको बताउँदै उहाँले भन्नुभयो ‘हाम्रो मौलिकता नै हाम्रो पहिचान हो’ ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले महोत्सव अवधिभर सिंगो नगरलाई क्रियाशील बनाउने उद्देश्यले भक्तपुर नपाले आवश्यक तयारीहरु गरिरहेको बताउँदै भक्तपुर महोत्सवलाई उल्लासमय र अविस्मरणीय बनाउने प्रयत्न गरिने बताउनुभयो ।
भक्तपुर महोत्सव २०८१ सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको मुख्य आकर्षणबारे प्रष्ट पार्दै पाँच दिने महोत्सवमा पर्यटन व्यवसायीहरुको सक्रिय सहभागिता रहने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा भनपा वडा नं. २ का वडा सदस्य मन्जुमैंया लाखा र भक्तपुर पर्यटन तथा विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पनि बोल्नुभएको थियो ।
May be an image of 9 people, dais and text
Similar post

भक्तपुरको भ्याइ नभ्याइ -नागरिक दैनिक

म जन्मेको–हुर्केको, हाँसेको–खेलेको मेरो भक्तपुर। पाँच दशकभन्दा बढी जीवन व्यतीत गरेको यो सहर। बाँकी जीवन पनि यहीं बिताउनुपर्ने मेरो...

चाँगुपत्र सम्पादकीय : भक्तपुर महोत्सव ,किंवदन्तीहरू सत्यमा परिणत हुनेछन्

भक्तपुरमा यो वर्ष भक्तपुर महोत्सव र मध्यपुर महोत्सव हुँदैछ । त्यसको तयारी पालिकाहरूले गर्न थालेका छन् । भक्तपुर नगरपालिकाले...

जीवन्त नगरीमा भक्तपुर महाेत्सव

भक्तपुर । नेपालकै सानो जिल्ला भक्तपुर, भक्तपुरका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिका राजधानी काठमाडौंबाट १३ कि.मी. पूर्वमा...