भक्तपुर महोत्सव तयारीस्वरुप अग्रज संस्कृतिकर्मीहरुको भेला

भक्तपुर महोत्सव तयारीस्वरुप अग्रज संस्कृतिकर्मीहरुको भेला
२०८१ कार्तिक ९
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने पाँचदिने भक्तपुर महोत्सवको तयारीस्वरुप आज भक्तपुरका अग्रज संस्कृतिकर्मीहरुको भेला कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सवको तयारीस्वरुप विभिन्न सरोकारवालाहरुसँग राय–सुझाव संकलनलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले भक्तपुरको मूर्त र अमूर्त कलालाई विश्वसामु प्रदर्शन गर्ने अवसरको रुपमा भक्तपुर महोत्सव रहेको बताउँदै भक्तपुर महोत्सव सबै जनताको साझा महोत्सवको रुपमा मनाउन आग्रह गर्नुभयो ।
भक्तपुरका कला संस्कृतिलाई व्यवसायीकरण गर्दै प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महोत्सवले आवश्यक भूमिका खेल्ने बताउ“दै उहाँले महोत्सव अवधिभर नगरको सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
महोत्सवलाई संगीतमय बनाउन कुनै एउटा सांस्कृतिक विधाको प्रतियोगिता आयोजना गर्ने तयारी गरेको सोही क्रममा उहाँले बताउनुभयो ।
भेलामा भक्तपुर महोत्सव सांस्कृतिक समितिका संयोजक रविन्द्र ज्याख्वले भक्तपुर संसारकै उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास हुँदै आएको बताउादै भक्तपुरमा वर्षैंभरि पर्यटकीय चहलपहल बढाउने उद्देश्यले काम भइरहेको बताउनुभयो ।
महोत्सवमा सांस्कृतिक गतिविधिलाई अझ व्यापक बनाउने उद्देश्यले यो भेला आयोजना गरेको बताउँदै उहाँले नगरबासीहरुको सल्लाह र सुझावअनुसार नपाले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालय प्रमुख गौतमप्रसाद लासिवाले महोत्सवको तयारी र महोत्सवका विशेषताबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा उपस्थित अग्रज संस्कृतिकर्मीहरुले महोत्सवलाई सांस्कृतिक रुपबाट सफल पार्न आवश्यक सुझावहरु दिनुभएको थियो ।
May be an image of 9 people and text
Similar post

भक्तपुरको भ्याइ नभ्याइ -नागरिक दैनिक

म जन्मेको–हुर्केको, हाँसेको–खेलेको मेरो भक्तपुर। पाँच दशकभन्दा बढी जीवन व्यतीत गरेको यो सहर। बाँकी जीवन पनि यहीं बिताउनुपर्ने मेरो...

चाँगुपत्र सम्पादकीय : भक्तपुर महोत्सव ,किंवदन्तीहरू सत्यमा परिणत हुनेछन्

भक्तपुरमा यो वर्ष भक्तपुर महोत्सव र मध्यपुर महोत्सव हुँदैछ । त्यसको तयारी पालिकाहरूले गर्न थालेका छन् । भक्तपुर नगरपालिकाले...

जीवन्त नगरीमा भक्तपुर महाेत्सव

भक्तपुर । नेपालकै सानो जिल्ला भक्तपुर, भक्तपुरका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिका राजधानी काठमाडौंबाट १३ कि.मी. पूर्वमा...