भक्तपुर महोत्सवको प्रचारार्थ निबन्ध प्रतियोगिता सम्पन्न

भक्तपुर महोत्सवको प्रचारार्थ निबन्ध प्रतियोगिता सम्पन्न
भक्तपुर । २०८१ कार्तिक ३०
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव आयोजनाको उद्देश्यबारे प्रष्ट पार्दै महोत्सव आयोजनाले भक्तपुरको भक्तपुरको कला, संस्कृति, सांस्कृतिक सम्पदा, मौलिक उत्पादन तथा जीवनशैली विश्वव्यापी रुपमा प्रचारप्रसार गर्न टेवा पु¥याउने बताउनुभयो ।
भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ भक्तपुर नगरव्यापी विद्यालयस्तरीय माध्यमिक तह (कक्षा ९—१२) का विद्यार्थीबीच भक्तपुरको ‘कला, संस्कृति र सम्पदा’ विषयक निबन्ध प्रतियोगिताको शुभारम्भमा बोल्दै उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी पर्यटनमार्फत नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य भएको बताउनुभयो ।
पर्यटन देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको बताउँदै उहाँले भक्तपुरको आन्तरिक स्रोत वृद्धि गर्न भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर महोत्सवलाई सभ्य, भव्य र सफल रुपमा सम्पन्न विविध प्रतियोगिता र गतिविधिहरु आयोजना गर्दै आएको बताउँदै उहाँले भक्तपुरमा विश्वकै उत्कृष्ट वास्तुकलाका नमुनाहरु रहेको प्रष्ट पार्नुभयो ।
निबन्ध प्रतियोगितामा नगरका ८ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय गरी २३ वटा विद्यालयका ६५ जना विद्यार्थीले भाग लिएका थिए ।
May be an image of 4 people, people studying and text
Similar post

भक्तपुरको भ्याइ नभ्याइ -नागरिक दैनिक

म जन्मेको–हुर्केको, हाँसेको–खेलेको मेरो भक्तपुर। पाँच दशकभन्दा बढी जीवन व्यतीत गरेको यो सहर। बाँकी जीवन पनि यहीं बिताउनुपर्ने मेरो...

चाँगुपत्र सम्पादकीय : भक्तपुर महोत्सव ,किंवदन्तीहरू सत्यमा परिणत हुनेछन्

भक्तपुरमा यो वर्ष भक्तपुर महोत्सव र मध्यपुर महोत्सव हुँदैछ । त्यसको तयारी पालिकाहरूले गर्न थालेका छन् । भक्तपुर नगरपालिकाले...

जीवन्त नगरीमा भक्तपुर महाेत्सव

भक्तपुर । नेपालकै सानो जिल्ला भक्तपुर, भक्तपुरका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिका राजधानी काठमाडौंबाट १३ कि.मी. पूर्वमा...