जीवन्त नगरीमा भक्तपुर महाेत्सव

जीवन्त नगरीमा भक्तपुर महाेत्सव

भक्तपुर । नेपालकै सानो जिल्ला भक्तपुर, भक्तपुरका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिका राजधानी काठमाडौंबाट १३ कि.मी. पूर्वमा अवस्थित छ, भक्तपुर नगर 1 भौगोलिक रुपमा सानो नगर अर्थात् जम्माजम्मी ६.८८ वर्ग कि.मी. मा फैलिएको) नगर भए पनि मौलिक नेवारी जीवनशैली र परम्परामा आधारित यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरुका कारण यसको प्रसिद्धीको आयतन विशाल छ ।

भक्तपुर, विश्व प्रसिद्ध छ । यहाँको मूर्त-अमूर्त सम्पदाहरुको विशिष्ट महत्वलाई मनन् गर्दै मौलिक सांस्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्र लगायतका  सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गरेको छ । भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र पनि हो । यही केन्द्रमा भक्तपुर नगरपालिकाले मसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव गर्ने व्यापक तयारी गरिरहेको छ उक्त पाँच दिन भक्तपुर नगरको ‘वास्तविक मुहार चम्किनेछ । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ हुन  लागेको सो महोत्सवले ‘वास्तविक भक्तपुर’ लाई चिनाउने छ । त्यही परिचय दिनका लागि आयोजक भक्तपुर नगरपालिका यसको तीव्र तयारी सुरु गरिरहेको छ । पाँच दिनसम्म पूर्ण रुपमा महोत्सवमय बन्ने भक्तपुर नगरभित्रको महोत्सवका कार्यक्रमले भक्तपुर नगरपालिकाभित्रका ७९ हजार १ सय ३६ जनसंख्या (२०७८ को जनगणना) लाई मात्र छुने छैन, भक्तपुर जिल्लाकै कूल ४ लाख ३२ हजार १ सय ३२ जनसंख्या (२०७८ को जनगणना) लाई प्रत्यक्ष हुनेछ। यसका साथै भक्तपुरलाई चिन्ने, भक्तपुरलाई चिन्न चाहने लाखी आन्तरिक तथा बाह्य पर्यटकको बेग्लै चहलपहल हुनेछ। सम्पदा, इतिहास, कला, संस्कृति, समाजविज्ञान, आर्थिक, सामाजिक क्षेत्रका व्यक्तिहरुले फुकीफुकी पाइला चाल्नेछन् । जीवन्त नगरको उपमा पाएको नगरको जीवनशैलीलाई जोकोहीले अनुभव गर्न पाउनेछन् । उक्त पाँच दिन भक्तपुर नगरमा हुने खुला बाँसुरी बाजा प्रतियोगिताका सहभागीहरुको बाँसुरी वादनले मन आनन्दित हुनेछ, भजनको भव्यताले शरीरमा बेग्लै स्फुर्ति मिल्नेछ, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक सांस्कृतिक नाचले भक्तपुरले सिंगो विश्वलाई स्वर्गको अनूभूति दिलाउनेछ ।

महोत्सवकै अवसरमा पौभा तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी (जीवित देवी), दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नी बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना प्रदर्शनी विशेष आर्कषणको केन्द्र रहनेछ । ठाउँठाउँमा हुने खाना महोत्सव, व्यापार मेला, दही महोत्सव, नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकूद गतिविधिले सिंगो देशका लागि भक्तपुरले नयाँ र सकारात्मक सन्देश दिनेछ ।

यो ‘स्वैरकल्पना’ मात्र हैन, यसलाई ‘साकार’ बनाउनका लागि लागिरहेको छ, भक्तपुर नगरपालिका । पाँच दिनसम्मको गतिविधि, क्रियाकलाप, कार्यक्रमले कोभिड १९ कारण हुन नसकेको भक्तपुर महोत्सव २०७६ को पीडा हटाउनेछ, बढ्दो आर्थिक मन्दीको प्रभावलाई कम गर्न सहयोग पुग्नेछ । बिर्सनेछन्, साराले ‘हनुमन्ते खोलाको दूर्दशा’ । सवारी पार्किङको सही व्यवस्थापनले चकित हुनेछन्, मानिसहरु । अनि महोत्सवले तयार गर्नेछ, ‘भक्तपुरमा पर्यटन उद्योगको आधार ।आन्तरिक ‘ पर्यटन प्रवर्द्धन ‘गर्नु महोत्सवको अर्को उद्देश्य हो । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति रहेको छ’, भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले भने । उनले पर्यटन उद्योगमार्फत् नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पुयाउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताए। ‘भक्तपुर नगरपालिकाले सिर्जेका अमूल्य सम्पदाहरुको सरक्षण, प्रवर्द्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको छ’, उनले भने । भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उनको भनाइ छ ।

महोत्सवको अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताइन् । २०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने बताउँदै उनले सो महोत्सवले सिंगो नगरलाई उत्सवमय बनाउने बताइन् ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रुपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए । महोत्सवको लोगो र स्टिकर नेपालभाषा, नेपालीभाषा र अंग्रेजी गरी तीनवटा भाषा प्रकाशन भएको अवगत बताए । भक्तपुर महोत्सव सचिवालयबाट तीव्रताका साथ काम भइरहेको बताउँदै उनले महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने जानकारी दिए । महोत्सवकै अवसर पारेर भक्तपुर नपाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको छ ।
सो महोत्सवका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान नगरपालिकाले गरेको छ ।

Source : Changupatra Weekly

No description available.

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/465204951_595109499631609_8377962387524061123_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=9f807c&_nc_ohc=I1Df-ettJggQ7kNvgFJwXNO&_nc_zt=23&_nc_ht=scontent.fktm1-1.fna&oh=03_Q7cD1QHbYdGa43VPz8XIjYS1t6RYVh2BecZFrK9pu3bf0_RejQ&oe=6767965C

Similar post

भक्तपुरको भ्याइ नभ्याइ -नागरिक दैनिक

म जन्मेको–हुर्केको, हाँसेको–खेलेको मेरो भक्तपुर। पाँच दशकभन्दा बढी जीवन व्यतीत गरेको यो सहर। बाँकी जीवन पनि यहीं बिताउनुपर्ने मेरो...

चाँगुपत्र सम्पादकीय : भक्तपुर महोत्सव ,किंवदन्तीहरू सत्यमा परिणत हुनेछन्

भक्तपुरमा यो वर्ष भक्तपुर महोत्सव र मध्यपुर महोत्सव हुँदैछ । त्यसको तयारी पालिकाहरूले गर्न थालेका छन् । भक्तपुर नगरपालिकाले...

२ नं. वडाका वडाबासीबीच भक्तपुर महोत्सवबारे छलफल

(२०८१ मंरिर ४) भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा भक्तपुर महोत्सव...