चाँगुपत्र सम्पादकीय : भक्तपुर महोत्सव ,किंवदन्तीहरू सत्यमा परिणत हुनेछन्

चाँगुपत्र सम्पादकीय : भक्तपुर महोत्सव ,किंवदन्तीहरू सत्यमा परिणत हुनेछन्

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/462641623_1096332008794149_4039924970257238987_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=9f807c&_nc_ohc=5qE0Nv4QEEAQ7kNvgHbZMut&_nc_zt=23&_nc_ht=scontent.fktm1-1.fna&oh=03_Q7cD1QHb1sDb40XGCyLd9Mcjn7TECxJ-0D0w_e49xNr58_SQAQ&oe=67679EAFभक्तपुरमा यो वर्ष भक्तपुर महोत्सव र मध्यपुर महोत्सव हुँदैछ । त्यसको तयारी पालिकाहरूले गर्न थालेका छन् । भक्तपुर नगरपालिकाले मंसिर २८ गतेदेखि पुस २ गतेसम्म र मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्ने घोषणा गरी त्यसलाई पूर्णत सफल बनाउने कामको सुरूवात गरिसकेका छन् । भक्तपुरका लागि भक्तपुरवासीका लागि, भक्तपुरलाई नजिकबाट बुझ्न चाहनेहरूका लागि यो विशेष महत्व रहेको पर्व हो । महोत्सवकै छेकमा भए पनि वास्तविक भक्तपुरको पहिचान बाहिर आउँछ । आफ्नै आँखा अगाडि महोत्सवको रौनकता हेर्न सकिन्छ । अनुभव गर्न सकिन्छ । यसैले भक्तपुर जिल्लावासीका लागि यो महोत्सव ऐतिहासिक क्षण बन्नेमा कुनै शङ्का छैन । महोत्सवप्रति जनताहरु उत्साहित छन् ।
विगतमा पनि निकै भव्यताका साथ सम्पन्न भइसकेको महोत्सवको अनुभवले आयोजकलाई महोत्सव आयोजना गर्न सहज हुने पक्का छ भने यो महोत्सवले नयाँ पुस्तालाई अझ फरक तवरले जागृत बनाउने छ । यसले नयाँ पुस्तालाई पृथक तवरले भक्तपुरलाई चिन्न सहयोग मिल्नेछ । विश्व जगतमा, इतिहासका पानामा, कला अनुरागीहरूका मनमनमा,
संस्कृति अन्वेषक, अनुसन्धाताहरूका मस्तिष्कमा जुन किसिमको छाप छ भक्तपुरप्रति जुन किसिमको परिचय छ- भक्तपुरको त्यसलाई बदलिएको परिस्थितिको तराजुमा राखेर तौलने अवसर महोत्सवले दिनेछ । भक्तपुरका सम्पूर्ण मूर्त- अर्मूत सम्पदाहरूले आफ्नो अनुहार देखाउन पाउँदाको क्षण साँच्चै गर्वको क्षण हुनेछ । सांस्कृतिक नगरी जीवित संग्रहालय, खुला संग्रहालय, नाचगानको राजधानी, परम्परालाई आफ्नो जीवनशैली बनाई राखेका भक्तपुरेहरुको छाती चौडा र शिर ठाडो बनाउने कामको अगुवाइ गरेर पालिकाहरु (भक्तपुर र मध्यपुर थिमि) ले साँच्चैको जनमुखी काम गरेको ठहरिने छ ।
पर्यटन गतिविधिलाई बढावा दिन, प्रवर्द्धन गर्नका लागि भन्ने यसको ध्येय र उद्देश्य रहेको छ । यो उद्देश्य पूरा गर्नका लागे नगरवासीको श्रम र पसिनाको कदर गरिनु जरूरी हुन्छ । त्यसैको एउटा असल र उदाहरणीय अभ्यास रहनेछ – भक्तपुर र मध्यपुर महोत्सव । महोत्सवले सम्भावनाको अवसरको ढोका खोल्नेछ । मानिसहरूमा नयाँ, नवप्रवर्तनका काम गर्नका लागि जोशको नयाँ उषाको उदय भएको आभाष हुनेछ । उनीहरूमा मित्रमित्रै उद्यमी बन्ने, स्वरोजगार बन्ने चाहनाको अङ्कुरण हुनेछ । इतिहासको कुनै कालखण्डमा लुप्त भइसकेका विषय महोत्सवमा देखिनेछन् । किंवदन्तीहरू सत्यमा परिणत हुनेछन् । खोजको नयाँ विषय पाउनेछन् । कला- संस्कृतिको जागरण भई आफू जन्मेको धरती, खेलेको माटो, हुर्केको भूगोलमा पसिना बगाउन मन गर्नेछन् । खुसी थपिनेछ, सन्तुष्टि बढ्नेछ । केही दिनको महोत्सवले वर्षी वर्षका दिनहरूलाई झक्झक्काइ रहनेछ । महोत्सव सम्पूर्ण भक्तपुरवासीको मनको उत्सव हुनेछ । सिङ्गो भक्तपुर लाई, विश्वले नजिकबाट चिन्ने सुवर्ण पाउनेछ । अतः यसलाई सफल बनाउन हातमालो गरौ ।

Similar post

भक्तपुरको भ्याइ नभ्याइ -नागरिक दैनिक

म जन्मेको–हुर्केको, हाँसेको–खेलेको मेरो भक्तपुर। पाँच दशकभन्दा बढी जीवन व्यतीत गरेको यो सहर। बाँकी जीवन पनि यहीं बिताउनुपर्ने मेरो...

जीवन्त नगरीमा भक्तपुर महाेत्सव

भक्तपुर । नेपालकै सानो जिल्ला भक्तपुर, भक्तपुरका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिका राजधानी काठमाडौंबाट १३ कि.मी. पूर्वमा...

२ नं. वडाका वडाबासीबीच भक्तपुर महोत्सवबारे छलफल

(२०८१ मंरिर ४) भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा भक्तपुर महोत्सव...